नेपालगन्ज २२ माघ : नेकपा प्रचण्ड–नेपाल समुहले आह्वान गरेको आमहड्तालकै दिन बाँके, बर्दिया र कैलालीका सडकमा नेपाली सेनाले बख्तरबन्द गाडी कुदाएका छन् ।
बाँकेको नेपालगन्ज सुर्खेत रोड, बर्दिया तथा कैलालीको अत्तरियाको पूर्वी सडकमा नेपाली सेनाले बख्तरबन्द गाडी कुदाएपछि सो क्षेत्रका सर्वसाधरण ससंकित भएका छन् ।
नेपाली सेनाका अनुसार नेपालगन्जबाट धनगढीको बोराडाँडीमा रहेको ब्यारेकसम्म उक्त हतियारसहितका गाडीहरू कुदाइएको हो । सेनाले यसलाई नियमित अभ्यास भनेको छ ।
प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडी सडकमा देखिन थालेका छन् । यसअघि माघ १९ गते सेनाले काठमाडौंका सडकमा सेनाका १० बख्तरबन्द गाडी गुदाएको थियो ।
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही