नेपालगन्जको सडकमा सेनाका बख्तरबन्द गाडी


नेपालगन्जको सडकमा सेनाका बख्तरबन्द गाडी

नेपालगन्ज २२ माघ : नेकपा प्रचण्ड–नेपाल समुहले आह्वान गरेको आमहड्तालकै दिन बाँके, बर्दिया र कैलालीका सडकमा नेपाली सेनाले बख्तरबन्द गाडी कुदाएका छन् ।

बाँकेको नेपालगन्ज सुर्खेत रोड, बर्दिया तथा कैलालीको अत्तरियाको पूर्वी सडकमा नेपाली सेनाले बख्तरबन्द गाडी कुदाएपछि सो क्षेत्रका सर्वसाधरण ससंकित भएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाली सेनाका अनुसार नेपालगन्जबाट धनगढीको बोराडाँडीमा रहेको ब्यारेकसम्म उक्त हतियारसहितका गाडीहरू कुदाइएको हो । सेनाले यसलाई नियमित अभ्यास भनेको छ ।

प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडी सडकमा देखिन थालेका छन् । यसअघि माघ १९ गते सेनाले काठमाडौंका सडकमा सेनाका १० बख्तरबन्द गाडी गुदाएको थियो ।