File Photo
कोहलपुर २३ माघ : कोहलपुरको सिम्री गाउँस्थित जङ्गलछेउको ओडारमा भरुवा बन्दुक फेला परेकोछ । ईलाका प्रहरी कार्यालय कोहलपुरले सिम्रीबाट एक थान भरुवा बन्दुक बरामद गरेको हो ।
कोहलपुर नगरपालिका– १३ सिम्री गाँउ नजिकै जंगल छेउमा रहेको उक्त ओढारमा लुकाइछिपाई राखिएको भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जानकारीदिदै वन्यजन्तुको शिकारका लागि प्रयोग हुँदै आएको प्रहरीले आशंका गरेको छ ।
कोहलपुर प्रहरीले १५ दिने ‘स्वीप अपरेशन’ अभियान सञ्चालनको सुरुवाती चरणमै भरुवा बन्दुक बरामद गर्न सफल भएको प्रहरीले जनाएकोछ ।
शान्ती सुव्यवस्था कायम गर्न, सडक दुर्घटना न्युनिकरण गर्न, सामाजिक अनुसाशन कायम गर्न तथा लागु औषध दुब्र्यसनीबिरुद्ध उक्त अभियान सञ्चालन गरीएको प्रहरीले जनाएको छ ।