धनगढी २४ माघ : कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ ।
घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेका अनुसार घटनामा परी माटो खन्न गएका दुई जना घाइते भएका छन् । घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन् । घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । -रासस
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही