उत्पादनमा बृद्धिका लागी माटो परीक्षणका साथै आधुनिक प्रविधिको प्रयोग


उत्पादनमा बृद्धिका लागी माटो परीक्षणका साथै आधुनिक प्रविधिको प्रयोग

बर्दिया २५ माघ : बर्दियामा पहिलोपटक राष्ट्रिय खाद्य बैंक लिमिटेडको कृषि परियोजना स्थलको उद्घाटन गरिएको छ । आजको आवश्यकता परिपुर्ति गर्न र भोलीको भाविपुस्ताहरुको लागी खाद्य सम्प्रभुता संरक्षण गर्न ‘पोषिलो आहारको लागी दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ बर्दियामा पहिलोपटक राष्ट्रिय खाद्य बैंक लिमिटेडको कृषि परियोजना स्थलको उद्घाटन गरिएको हो।

राष्ट्रिय खाद्य बैंक आफैले खाद्यान्न गेडागुडि दलहन, हरियो तरकारीहरु, फलफुलहरु, दुधदहि, माछामासु, अण्डा, जडिबुटि, चिया, कफि, उखु लगायतका खानेकुराहरु उत्पादन गर्नुका साथै खाद्य बैंकमार्फत अध्ययन र अनुसन्धान गर्ने राष्ट्रिय खाद्य बैंक लिमिटेडका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले बताए ।

उक्त कृषि परियोजना स्थलमार्फत रैथाने जिन (पुराना बालिनालीको विउ विजन) सम्बधी खोजतलास गर्ने छ । आधुनिकता अनुसार थोरै ठाउमा धेरै कसरी उत्पादन गर्न सकिन्छ भनेर अध्याय र अनुसन्धान गरिनुका साथै प्याटेन्ट राइटको बारेमा कस्तो अवस्था छ भन्ने लगायतका सबै कुराहरुको थप अध्ययन र अनुसन्धान गरिनेछ ।

कृषि कार्यमा काम गरिरहेका कृषि कम्पनीहरु, कृषि सहकारीहरु, सरकारी संघ सस्थाहरु/गैरसरकारी संघसस्थाहरु कृषिमा लागेका विभिन्न समुहहरु लगायतका उत्पादन गर्ने काममा लागेका संघ सस्थासंग सहकार्य गरी अझै धेरै उत्पादन गर्न गराउन यो खाद्य बैंकले भुमिका खेल्ने बताइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

दुई अर्ब रकमबाट शुरुवात गरी उत्पादन र व्यापारमुलक कार्य गर्ने गरी केन्द्रिय कार्यालय काठमाण्डौंमा र सात वटै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला कार्यालय र आवश्यकता अनुसार स्थानीय निकायहरुमा कार्यालयहरु स्थापना गर्ने गरी राज्यले परिकल्पना गरेको सम्बृद्ध नेपाल बनाउन यस राष्ट्रिय खाद्य बैंक लिमिटेडको स्थापना सगैं आवश्यक ज्ञान, सीप, विउविजन, मलजल, दक्ष जनशक्ति, विशेषज्ञ बैज्ञानिक लगायतका विज्ञहरुको सहभागीतामा यो बैंक आफ्नो कार्यमा जुटेको उप्रेतीले जानकारी दिए ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर– ३ खैरी गाउँबाट सुरुवात गरिएको कृषि परियोजना स्थलले विगतमा किसानले उत्पादन गरेको खाद्यान्नलाई उत्पादनमा बृद्धि र आधुनिक तरिकाबाट उत्पादन गर्नमा सहयोग पुग्ने स्थानीयबासी चिन्तामणी कडँेलले बताए ।