नेपालगन्ज २६ माघः बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएकोछ ।
गत बुधबार भागरथीको हत्या भएको अवस्थामा जंगलको बीचमा शव फेला परेको थियो । यौनाङ्गबाट रगत बगिरहेका कारण भागरथीको बलात्कारपछि हत्या भएको आशंका गरिएको थियो ।
जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टबाट भट्टको बलात्कारपछि नै हत्या भएको पुष्टि भएको हो ।
उनको टाउको र हातमा चोट, घाँटीमा निलडाम र यौनांगमा पनि घाउ रहेको पोष्टमार्टम रिपोर्टमा संलग्न चिकित्सकले बताएकाछन् । शरीरको विभिन्न भागमा देखिएका चोटले उनीमाथि जबरजस्ती भएको देखाएको छ ।
घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पनि प्रारम्भिक अनुसन्धानपछि दोगडाकेदार गाउँपालिका–७ की भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको र हालसम्मको अनुसन्धानबाट छिट्टै नतिजा आउने बताए ।
घरबाट करिब १ घण्टाको पैदल दूरीमा रहेको सनातन धर्म सिरकोट माध्यमिक विद्यालयमा अध्ययनरत भागरथी बुधबार विद्यालय हिँडेकोमा घर फर्किनन् । घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीवार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा उनको शव फेला परेको थियो ।
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल