भागरथी भट्ट हत्या प्रकरण : बलात्कारपछि नै हत्या भएको पुष्टि


भागरथी भट्ट हत्या प्रकरण : बलात्कारपछि नै हत्या भएको पुष्टि

नेपालगन्ज २६ माघः बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएकोछ ।

गत बुधबार भागरथीको हत्या भएको अवस्थामा जंगलको बीचमा शव फेला परेको थियो । यौनाङ्गबाट रगत बगिरहेका कारण भागरथीको बलात्कारपछि हत्या भएको आशंका गरिएको थियो ।

जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टबाट भट्टको बलात्कारपछि नै हत्या भएको पुष्टि भएको हो ।

उनको टाउको र हातमा चोट, घाँटीमा निलडाम र यौनांगमा पनि घाउ रहेको पोष्टमार्टम रिपोर्टमा संलग्न चिकित्सकले बताएकाछन् । शरीरको विभिन्न भागमा देखिएका चोटले उनीमाथि जबरजस्ती भएको देखाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पनि प्रारम्भिक अनुसन्धानपछि दोगडाकेदार गाउँपालिका–७ की भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको र हालसम्मको अनुसन्धानबाट छिट्टै नतिजा आउने बताए ।

घरबाट करिब १ घण्टाको पैदल दूरीमा रहेको सनातन धर्म सिरकोट माध्यमिक विद्यालयमा अध्ययनरत भागरथी बुधबार विद्यालय हिँडेकोमा घर फर्किनन् । घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीवार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा उनको शव फेला परेको थियो ।