सांकेतिक तस्विर
नेपालगन्ज २६ माघ : बैतडीकी १७ वर्षिया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या गरिएको घटना सेलाउन नपाउँदै भारतमा एक नेपाली बालिकाको सामुहिक बलात्कारपछि हत्या गरिएको घटना बाहिर आएकोछ ।
भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा नेपाली बालिकालाई सामूहिक बलात्कारपछि हत्या गरिएको हो । बीबीसीका अनुसार हत्यापछि उनको शव बलजफ्ती जलाइएको थियो ।
प्रारम्भिक अनुसन्धान तथा एउटा भाइरल भिडियोले सम्पूर्ण घटनामा स्थानीय थानाका थानाध्यक्षको मिलेमतो रहेको संकेत गरेका छन् । एसपी नवीनचन्द्र झाले शंकाको घेरामा रहेका थानाध्यक्षलाई निलम्बन गरिएको र उनीविरुद्ध एफआईआर दायर हुनसक्ने बताए ।
नेपालबाट भारतको मोतिहारीस्थित चैनपुरमा गएर मजदूरी गर्दै आएका सुरेश (परिवर्तित नाम) का अनुसार यो घटना २१ जनवरीको हो । सुरेश त्यस दिन आफ्नो काममा गएका थिए भने छोरा बजार गएका थिए । बेलुका ४ बजेतिर छोरा बजारबाट फर्किँदा घरमालिक सियाराम साहले उनलाई रोके ।
‘तर, मेरो छोराले उनको कुरा नसुनी घर पुग्दा आफ्नी बहिनीलाई घाइते अवस्थामा भुईंमा लडिरहेको देख्यो । त्यसपछि उसले मलाई फोन गरेर बोलायो । म घर पुग्दा पनि छोरी जमिनमै लडिरहेकी थिई । उसको घाँटीमा रातो दाग थियो । मैले उसलाई उपचारका लागि डाक्टरकहाँ पु¥याएँ । तर, कसैले पनि उपचार गर्न मानेनन’ सुरेशले पूर्वी चम्पारणका अनुमण्डल अधिकारीलाई दिएको लिखित निवेदनमा भनेका छन् ।
सुरेशका अनुसार त्यसपछि त्यहाँ अभियुक्तका मानिसहरु जम्मा भएका थिए । उनीहरुले लाशलाई तुरुन्तै जलाउन दबाब दिन थाले ।
सुरेशले निवेदनमा भनेका छन्, ‘देवेन्द्रकुमार साहले लाश तुरुन्त जलाउन धम्की दिंदै भने कि अन्यथा तेरो छोराको पनि हत्या गरेर नेपालमा लगी फ्याँकिदिनेछु । त्यसपछि एउटा सादा कागजमा मेरो औंठा छाप लगाइयो र राति १२ बजे बलजफ्ती पोखर रोडमा सडकको किनारमा नून र चिनी हालेर लाश जलाइयो । बिहान भएपछि मलाई नेपालतर्फ लखेटियो ।
१२ दिनपछि एफआईआर दर्ता
२१ जनवरीमा भएको घटनाको प्रारम्भिक उजुरी २ फेब्रुअरीमा मात्रै दर्ता भयो । कुल ११ जनालाई अभियुक्त बनाइएको छ, जसमा चार अभियुक्त विनय साह, दीपककुमार साह, रमेश साह र देवेन्द्रकुमार साहमाथि सामूहिक बलात्कार र हत्याको आरोप छ । यसैगरी, अन्य सातजनामा घर मालिक सियाराम साह पनि छन् । उनीमाथि लाशलाई जबरजस्ती जलाएर प्रमाण मेटाएको आरोप छ ।
एफआईआर दर्ता भएपछि गत ५ फेब्रुअरीमा एउटा अडियो भाइरल भएको थियो । उक्त अडियोमा २१ जनवरीमा कुँडवा चैनपुरका थानाध्यक्ष संजीवकुमार रञ्जन र एक अभियुक्त रमेश साहबीचको कुराकानी सुन्न सकिन्छ । कुराकानीमा थानाध्यक्ष संजीवकुमारले अभियुक्त रमेश साहसँग भनेका छन्, ‘केटीलाई ठेगान लगाउ र चिसोले मरेकी भनेर लेख ।’
एसपी झाले बीबीसीलाई बताएअनुसार यो घटनामा दुई जनालाई गिरफ्तार गरिएको छ । अन्य अभियुक्तलाई गिरफ्तार गर्न एउटा कमिटी निर्माण गरिएको छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी