त्रिभुवन उमावि कोहलपुरका २ बालिकालाई हायसले ठक्कर दियो


त्रिभुवन उमावि कोहलपुरका २ बालिकालाई हायसले ठक्कर दियो

कोहलपुर २९ माघ : नेपालगन्जबाट दाङतर्फ जाँदै गरेको बा२ख ५७८ नम्बरको हायस गाडीले त्रिभुवन उमावि कोहलपुरमा अध्ययनरत दुई छात्रालाई ठक्कर दिएको छ ।
बलात्कारीलाई कारबाहीको माग गर्दै बिरोध ¥यालीमा हिँडेका ती दुई छात्रालाई उक्त हायस गाडीले ठक्कर दिएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका– ११ त्रिभुवन उमाविमा अध्ययनरत ती बालिकालाई हायसले ठक्कर दिदाँ घाईते भएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

हायसले ठक्कर दिदाँ त्रिभुवन उमाविमा अध्ययनरत ती बालिकालाई सामान्य चोट लागे पनि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै ¥यालीमा सहभागी विद्यार्थी तथा स्थानीयहरुले गाडीमा तोडफोड समेत गरेकाछन् । गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।