बर्दियाका किशोरी भन्छन् : बलात्कारीलाई कारबाही गर


बर्दियाका किशोरी भन्छन् : बलात्कारीलाई कारबाही गर

गुलरिया (बर्दिया): भागीरथ भटट लगायत बालिका तथा किशोरीमाथि भएका बलात्कार र हत्या जस्ता जघन्य अपराध विरुद्ध बर्दियाको गुलरियामा किशोरीहरुले प्रर्दशन गरेका छन् ।

उनीहरुले प्रर्दशन पश्चात जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै घटनाको सत्य तथ्य सार्वजनिक गरि दोषिमाथि कडा भन्दा कडा कारवाहीको माग समेत गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

प्रर्दशनमा उत्रिएका उनीहरुले कुनै पनि राजनीतिक बहानामा दोषिले उन्मुक्ति पाउन नहुने समेत बताएका छन् । महिला अधिकारकर्मी तथा किशोरीहरुले बुझाएको ज्ञापन पत्रमा बालबालिका सुरक्षित हुनुपर्ने, दोषिलाई कारवाही गरिनुपर्ने माग रहेकोछ ।