भेरी अस्पताल अगाडी आगलागि


भेरी अस्पताल अगाडी आगलागि

नेपालगन्ज ४ फागुन : भेरी अस्पताल अगाडी आगलागि भएकोछ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काका अनुसार केही बेर अघि आगलागी भएको हो ।

भेरी अस्पताल अगाडी रहेको विद्युतीय ट्रान्स्फारमरमा आगलागि भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । उनका अनुसार आगलागीबाट कुनै मानवीय तथा भौतिक क्षती नभएपनि नजिकै रहेको प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै वडा प्रहरी निरीक्षक खड्काका अनुसार मङ्गलबार दिउँसो धम्बोझी स्थित राष्ट्र बैंक पछाडी रहेको ट्रान्स्फारमरमा आगलागी भएको थियो । आगलागिको खबर पाए लगत्तै प्रहरी घटना स्थलमा मुभ हुदैगर्दा राष्ट्र बैक सुरक्षार्थ रहेका नेपाली सेनाको टोलीले आगो निभाएका थिए ।

पछिल्लो समय नेपालगन्ज तथा आसपासका क्षेत्रमा आगलागिको घटना बढ्न थालेकाछन् । आगलागीका कारण थुप्रैले आफ्नो ब्यापार ब्यवसाय तथा उद्योगमा ठूलो क्षती ब्यहोर्नु परेकोछ ।