नेपालगन्ज ४ फागुन : भेरी अस्पताल अगाडी आगलागि भएकोछ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काका अनुसार केही बेर अघि आगलागी भएको हो ।
भेरी अस्पताल अगाडी रहेको विद्युतीय ट्रान्स्फारमरमा आगलागि भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । उनका अनुसार आगलागीबाट कुनै मानवीय तथा भौतिक क्षती नभएपनि नजिकै रहेको प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।
यस्तै वडा प्रहरी निरीक्षक खड्काका अनुसार मङ्गलबार दिउँसो धम्बोझी स्थित राष्ट्र बैंक पछाडी रहेको ट्रान्स्फारमरमा आगलागी भएको थियो । आगलागिको खबर पाए लगत्तै प्रहरी घटना स्थलमा मुभ हुदैगर्दा राष्ट्र बैक सुरक्षार्थ रहेका नेपाली सेनाको टोलीले आगो निभाएका थिए ।
पछिल्लो समय नेपालगन्ज तथा आसपासका क्षेत्रमा आगलागिको घटना बढ्न थालेकाछन् । आगलागीका कारण थुप्रैले आफ्नो ब्यापार ब्यवसाय तथा उद्योगमा ठूलो क्षती ब्यहोर्नु परेकोछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं