नेपालगन्ज ५ फागुन : वडा प्रहरी कार्यालय नेपालगन्जले ३२ वटा ई–रिक्सा कारबाही गरेकोछ । नेपालगन्ज बजार क्षेत्रमा चर्को स्वरमा गीत बजाएर हिँड्ने ई–रिक्सालाई कारबाही गरिएको हो ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले नेपालगन्ज बजार क्षेत्रबाट ३१ वटा ई–रिक्सा र एउटा पेट्रोल अटो रिक्सालाई नियन्त्रणमा लिइ कारबाही गरिएको बताए ।
उनका अनुसार ई–रिक्सा तथा अटो रिक्सामा जडान गरिएका साउण्ड बक्स तथा स्पिकरहरु निकालिएको छ । चर्को स्वरका कारण सवारी साधन सञ्चालन गर्दा कठिनाई हुनुका साथै दुर्घटनाको जोखिम निम्त्याउन सक्ने भन्दै कारबाही गरिएको हो ।
रिक्सा धनीलाई आईन्दा साउण्ड बक्स तथा स्पिकरहरु जडान नगर्न भन्दै यस्ता गल्ती पुनःनदोहोर्याउने सम्झौता गरि छाडिएको छ ।
पछिल्लो समय वडा प्रहरी कार्यालयले चर्को ध्वानीका साथ गुड्ने सवारी साधनमा आफ्नो निगरानी बढाएकोछ । यसअघि मोडिफाई गरि चर्को स्वर निकाल्ने चारवटा मोटरसाईकल कारबाहीमा परिसकेकाछन् ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं