एक महिनाभित्र निर्मलाकाण्ड सल्टिन्छ : डिआइजी सुवेदी


एक महिनाभित्र निर्मलाकाण्ड सल्टिन्छ : डिआइजी सुवेदी

नेपालगन्ज ५ फागुन : कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएका अभियुक्तलाई एक महिना भित्र सार्वजनिक गरिने सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले बताएका छन् ।

भागरथी भट्ट हत्याका अभियुक्त सार्वजनिक गर्दै डिआइजी सुवेदीले यस्तो बताएका हुन् । २०७५ साउन २१ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा पन्तको शव भेटिएको थियो ।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार–हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका सोही ठाउँका किशोर दिनेश भट्टलाई बुधबार प्रहरीले सार्वजनिक गर्ने क्रममा डिआइजी सुवेदीले भने–‘एक महिनाभित्र ‘निर्मला काण्ड’ सल्टिन्छ ।

मंगलबार राति घरबाटै पक्राउ गरिएका दिनेशले हत्या स्वीकार गरेपछि बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी सुवेदीसहितका प्रहरी अधिकारीले पत्रकार सम्मलेन गरेर घटनाबारे जानकारी गराउँदै अभियुक्तलाई सार्वजनिक गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

सुरुवातदेखि नै निगरानीमा रहेका दिनेश मंगलबार राति प्रहरी बयानमा हत्या गरेको स्वीकार गरेको र उनले भनेबमोजिमको घटना विवरण मिलेको सुवेदीले बताएका छन् ।

दिनेश नै अभियुक्त पुष्टि हुने कारण प्रष्ट पार्दै डिआइजी सुवेदीले भने, ‘घटनास्थल जाँच, मुचुल्का, आरोपितको घटनास्थलमा उपस्थित, मोबाइल लोकेसन, अन्य टेक्निकल पाटो, प्रत्यक्षदर्शी, आरोपितका गतिविधि, पीडित पक्षको भनाइलगायतको आधारमा नै दिनेश अभियुक्त हुने बलियो प्रमाण हुन् ।’

भागरथी हत्याको १३ दिनसम्म प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गरी विभिन्न संदिग्धसँग बयान लिनुका साथै घटनास्थल आसपासका कयौं स्थानीयबासीसँग घटना भएको दिन र समयको सेरोफेरोमा भएका गतिविधिबारे सोधपुछ गरेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले केही व्यक्तिलाई आफ्नो राडारमा राखेको थियो । परिस्थितिजन्य प्रमाण, लोकेसन, आसपासका मानिहरुको भनाइ लगायतका ‘क्लु’ का आधारमा प्रहरीले करिब एक सातादेखि अनुसन्धानको दायरालाई सीमित व्यक्तिमा केन्द्रित गर्दै आएको थियो ।

सोही क्रममा प्रहरीले दिनेशसँग समेत पटक–पटक सोधपुछ गरेको थियो । मंगलबार अबेर सोधपुछका क्रममै दिनेशले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ । दिनेश र भागरथी एउटै विद्यालयमा अलग–अलग कक्षामा पढ्दथे । उनीहरु एकै गाउँ निवासी पनि हुन् ।