दाङका दुई कारागारबाट २६ जना कैदीबन्दी छुटे


दाङका दुई कारागारबाट २६ जना कैदीबन्दी छुटे

File Photo

दाङ ७ फागुन : राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा दाङका २६ जना कैदीबन्दी छुटेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसर पारेर दाङका २ कारागारका २६ जना कैदीबन्दीको कैद सजाय माफी दिएकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा गरेकी हुन् । योसंगै उनीहरुको कैद मिनाह भएकोछ ।

दाङको घोराही कारागारबाट ८ र तुलसीपुर कारागारबाट १८ जना गरि जम्मा २६ जनाको कैदीको कैद मिनाहा गरिएको दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

कैद मिनाह हुनेहरुमा सवारी ज्यान, बहुविवाह, आत्महत्या दुरुत्साहन, कर्तव्य ज्यान लगायतको मुद्दा खेपेकाहरु रहेका छन् ।