File Photo
दाङ ७ फागुन : राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा दाङका २६ जना कैदीबन्दी छुटेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसर पारेर दाङका २ कारागारका २६ जना कैदीबन्दीको कैद सजाय माफी दिएकी छिन् ।
मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा गरेकी हुन् । योसंगै उनीहरुको कैद मिनाह भएकोछ ।
दाङको घोराही कारागारबाट ८ र तुलसीपुर कारागारबाट १८ जना गरि जम्मा २६ जनाको कैदीको कैद मिनाहा गरिएको दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।
कैद मिनाह हुनेहरुमा सवारी ज्यान, बहुविवाह, आत्महत्या दुरुत्साहन, कर्तव्य ज्यान लगायतको मुद्दा खेपेकाहरु रहेका छन् ।
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं
सरकारप्रति रास्वपा सांसदकै आक्रोश: एउटा सल्लाहकार नै यो सरकार नाश गर्न काफी छ
‘उद्योगीहरूलाई पाता फर्काउनुपर्ने’ भन्ने उद्योग मन्त्रीले दिइन् राजीनामा
अझै ‘सभापति’को भ्रममा देउवा
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै