म्यानमार सेनाको पेज बन्द


म्यानमार सेनाको पेज बन्द

नेपालगन्ज ९ फागुन : म्यानमार सेनाको पेज बन्द भएकोछ । सामाजिक सञ्जाल फेसबुकले म्यानमार सैनिकको पेज बन्द गरिदिएको हो ।

फेब्रुअरी १ मा भएको सैन्य ‘कू’को विरोधमा उत्रिएका दुई जना प्रदर्शनकारीको प्रहरीले हानेको गोली लागेर मृत्यु भएको अर्को दिन फेसबुकले हिंसा भड्काउने कुरालाई प्रतिबन्ध गर्ने आफ्नो विश्वव्यापी मापदण्डअनुसार सैनिकको पेज बन्द गरिएको जनाएको छ ।

‘हाम्रो मापदण्डको पटक–पटक उल्लंघन गरेको तात्मादअ टु न्युज इन्फरमेसन टिम पेज हटाइदिएका छौं,’ फेसबुकका प्रतिनिधिले वक्तव्य जारी गर्दै भनेका छन् ।

म्यानमारको सैनिकलाई तात्मादअ भनेर चिनिन्छ । उसको टु न्युज पेज आईतबारदेखि फेसबुकमा देखिन्न । फेसबुकको यो कदमबारे म्यानमारको सैनिकले कुनै प्रतिक्रिया दिएको छैन ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसअघि आईतबार भएको प्रदर्शनका क्रममा मन्डालय सहरमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।

म्यानमारका नागरिक दुई सातादेखि सैनिक कूविरूद्ध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ ।