तामा पितलको धुलो खरिद गर्ने बहानामा नेपालगन्जमा अबैध भारतीय रुपैयाँको कारोबार

अबैध १० लाख भारतीय रुपैयाँसहित दिल्लीका मुनवर पक्राउ


तामा पितलको धुलो खरिद गर्ने बहानामा नेपालगन्जमा अबैध भारतीय रुपैयाँको कारोबार

नेपालगन्ज १० फागुन : भारतीय नागरिक मुनवर खान अबैध १० लाख भारतीय रुपैयाँसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले सोमबार दिउँसो पत्रकार सम्मेलन गरी भारतको उत्तर पूर्वी दिल्ली जफ्फारावादका ५४ वर्षियका खानलाई पक्राउ गरेको जानकारी दिए ।

उनका अनुसार नेपाल–भारत सीमानाका नजिक नेपालगन्ज उपमहानगरपालिका–१६ को भन्सार चेक प्वाइन्टमा भारतबाट नेपाल पैदल आउँदै गरेका खानले बोकेका २ वटा झोलाभित्र उक्त अबैध रकम बरामद भएको हो ।

खानले बोकेको दुई वटा झोलामा २ हजारका ३ वटा र पाँच सयका एक हजार नौ सय ८८ वटा भारतीय रुपैयाँ फेला पारेको बाँके प्रहरीले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

भन्सार सुरक्षा गार्ड नेपालगन्जबाट खटिएको प्रहरी नायब निरीक्षक भिम बहादुर खड्का र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँकेबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक जिवनलाल बुढाको संयुक्त सुरक्षा टोलीले आईतबार अन्दाजी साढे तीन बजे पक्राउ गरेको हो ।

प्रहरी अनुसन्धानबाट अबैधरुपमा नेपाल भित्राएको उक्त रकम पक्राउ परेका खान तामा पितलको धुलो खरिद विक्री गर्ने व्यपारी रहेको पाइएकोछ । उनले यसअघि पनि नेपालगन्जबाट नेपाली ७० हजारमा तामाका धुलो खरिद गरि भारत दिल्लीमा भारतीय ९० हजारमा विक्री गरेका छन् ।

प्रहरीले बरामद गरेको रकम मध्ये खानले ७ लाख ५० हजार दिल्लीकै तामा व्यपारी हुसनुर सहनवाजबाट तामा र पितल ल्याई दिन्छु भनि लिएको बयान दिएकाछन् ।
यस्तै एक लाख ५० हजार आफ्नै रहेको र आफन्त (साला) बाट एक लाख मागी ल्याएको बयान दिएकाछन् ।

प्रहरीले बरामद गरेको रकमले नेपालगन्ज औद्योगिक क्षेत्र भित्र रहेको लामा पितल फ्याँक्ट्रीबाट तामा र पितलको धुलो खरिद गरि लिई भारतमा खरिद मूल्यमा नाफा खाई विक्री गर्ने गरेको पाइएकोछ ।

यति ठूलो मात्रामा भारतीय (विदेशी) रकम लिई नेपालमा जाँदा केही नहुने भन्दै नेपालगन्जमा प्रहरीको फन्दामा परेको बताएकाछन् ।

विदेशी विनिमय ऐन २०१९ अनुसार यसरी बरामद गरिएको रकम जफद गरी १० लाखदेखि ३० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ र सोही अनुसार कारबाही प्रक्रिया अघि बढाइएको बाँके प्रहरीले बताएकोछ ।