वन्यजन्तुको कारोबारमा हेल्थ असिष्टेन्ट, दुई वर्ष अघि मारेको चितुवा ६० लाखमा बेच्न खोज्दा प्रहरी फन्दामा


वन्यजन्तुको कारोबारमा हेल्थ असिष्टेन्ट, दुई वर्ष अघि मारेको चितुवा ६० लाखमा बेच्न खोज्दा प्रहरी फन्दामा

नेपालगन्ज ११ फागुन : वन्यजन्तु कारोबारमा हेल्थ असिष्टेन्टको संलग्नता रहेको पाइएकोछ । पेसाले हेल्थ असिष्टेन्ट रहेका सल्यान कुमाख गाउँपालिका वडा नम्बर–३ मर्म पोडीकाराका २४ वर्षिय हिमेन्द्र ओलीसहित तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिरीएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार पत्रकार सम्मेलन गरि बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमबाट २ थान चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरेको जनाएकोछ ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार कुसुमबाट आईतबार राती १० बजेतिर सल्यान जिल्लाको बाघचौर नगरपालिका–३ चौरपानीका ३१ वर्षिय जितबहादुर डीसी, कुमाख गाउँपालिका–७ जिमालीका २१ वर्षिय कमल डीसी सोही गाउँका हिमेन्द्र ओलीलाई २ थान चितुवाको छालासहित पक्राउ गरेकोे जानकारी दिए ।

प्रहरीले पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयमा बरामद गरिएको २ थान चितुवाको छाला राखि थप अनुसन्धान गरिरहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रहरीका अनुसार अनुसन्धानबाट जित बहादुर डिसी वन्यजन्तुका छाला र अंग खरिद विक्री गर्ने कारोबारी रहेको खुलेकोछ । दुई वर्ष पहिले पासोमा पारी चितुवा मारी सोको छाला निकाली राखेका थिए । उनले दुवै चितुवाको छालाको फोटो आफ्नो मोबाईलमा राखेको अवस्थामा सल्यान थारमारेका अर्जुन भन्ने मानिसले देखेको थिए ।

अर्जुनले जित बहादुरसंग चितुवाको छाला रहेको कुरा सल्यान जिमालीका दीपक रावतसंग गरे । दीपक रावतले जित बहादुरसंग चितुवाको छाला विक्रि गर्ने भए नेपालगन्जका व्यापारीलाई राम्रो मूल्यमा विक्री गराई दिन्छु भनि कुरा गरे । प्रहरीले भन्यो–‘सोही अनुसार नेपालगन्जका व्यापारीलाई उक्त दुई थान चितुवाको छाला बिक्री गर्ने कुरा अनुसार तिनै जना चितुवाको छाला बोकी दीपक रावत मार्फत नेपालगन्जका व्यापारीलाई भेट गर्न आउँदै गर्दा पक्राउ गरिएको हो ।’

बाँके प्रहरीका अनुसार दीपकले सल्यान श्रीनगरमा पक्राउ परेका तीनैजना संग भेट गरि उक्त छाला नेपालगन्जका व्यापारीसंग विक्री गर्ने कुरा भएको छ तपाईहरु गाडीमा नेपालगन्ज जानुस् म पछी आउँछु भनेका थिए । उनीहरुले नेपालगन्जका ब्यापारीलाई चितुवाको छाला ४० लाख देखी ६० लाख सम्ममा विक्री गर्ने कुरा तय भएको थियो ।
चितुवाको छाला नेपालगन्जमा बेच्ने भन्दै पूर्व योजनाअनुसार पक्राउ परेका तीनैजना नेपालगन्ज आउदैं गर्दा बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर –१ कुसुम बजार पुगेपछी त्यहाँबाट चितुवाको छालासहितको झोला बोकी हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटेको प्रहरी टोलीले पक्रउगरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ परेका हेल्थ असिष्टेन्ट वन्यजन्तुको कारोबारी हुन वा उनी सहयोगी हुन अझै खुल्न बाँकी छ । यद्यपी प्रहरी अनुसन्धानबाट उनी हेल्थ असिष्टेन्ट रहेको खुेलेकोछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिमको १ लाख देखी २५ लाखसम्म जरिवाना र १ वर्ष देखी १० वर्ष सम्म कैद सजाय हुन सक्नेभन्दै बाँके प्रहरीले कारबाही र अनुसन्धान अघि बढाएकोछ ।