बाँकेमा रोकिएन जुवा, डेढ लाख नगदसहित ९ जुवाडे पक्राउ


बाँकेमा रोकिएन जुवा, डेढ लाख नगदसहित ९ जुवाडे पक्राउ

नेपालगन्ज १० फागुनः चाडबाडका बेलामा मात्रै होइन बाँकेमा वर्षभरी नै जुवा हुने गरेको छ । यसरी हुने जुवामा सम्पत्ती गुमाउनुका साथै घरपरिवार समेत तहसनहस हुने गरेकोछ ।

बाँके प्रहरीले यसअघि जुवालाई निस्तेज पार्न जुवाखालमा छापा हान्ने देखि पटके जुवाडेमाथि निगरानी बढाउँदै आएको थियो । केही समय अघि मात्रै नेपालगन्जको बसपार्कबाट पट्के जुवाडेलाई समातेर चर्चा बटुलेको बाँके प्रहरीले सोमबार विहानै नेपालगन्जबाट ९ जुवाडेसहित हरजित हुनेगरि एक लाख ५० हजार बढि रकम बरामद गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार पत्रकार सम्मेलन गरि उक्त कुरा सार्वजनिक गरेको हो । योसंगै बाँकेमा ब्यवसायीकरुपमै जुवा हुनेगरेको तथ्य बाहिरीएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ बौद्ध टोलस्थित भुट्टु मियाको घरमा छापा हानि सोमबार राती पौने एक बजे जुवा खेलिरहेको अवस्थामा ९ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रहरी उपरीक्षक रानाका अनुसार जुवाखालबाट ६ प्याकेट तास र एक लाख ५० हजार एक सय ६५ रुपैयाँ नगद बरामद भएकोछ । प्रहरीले जुवाखालबाट पक्राउ गरेका ब्यक्तिको नाम सार्वजनिक नगरेपनि केही पट्के जुवाडे रहेको प्रहरी स्रोतले जनाएकोछ ।

जुवातास र जुवाडेमाथि निगरानी बढाएको बाँके प्रहरीले यस वर्ष मात्रै विभिन्न जुवाका खालबाट ३५ जना पक्राउ परेका छन् भने ती व्यक्तिबाट ३४ लाख ८० हजार ६ सय १५ रुपैयाँ बरामद भइ कारबाही गरेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामाथि अनुसन्धान भइरहेकोले उनीहरुमाथि मुलुकी फौजदारी संहिता ऐन २०७४ को दफा १२५ बमोजिम ३ महिना सम्म कैद वा ३० हजारसम्म जरिवाना हुनेछ ।