बुहारी र नातिले कुटिकुटी प्रेमलाई मारे


बुहारी र नातिले कुटिकुटी प्रेमलाई मारे

कञ्चनपुर ११ फागुन : बुहारी र नातिले कुटपिट गर्दा गम्भीर घाईते भएका ७६ वर्षिय प्रेम थापाको उपचारका क्रममा मृत्यु भएकोछ ।

कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर–१ पशुपती टोलका ७६ वर्षिय प्रेमलाई घरायसी विवाद हुँदा बुहारी र नातिले कुटपिट गरि गम्भीर घाईते बनाएका थिए ।

मृतक ७६ वर्षीय प्रेमका उनकै बुहारी ३५ वर्षीया सिता थापा र नाति नाता पर्ने १८ वर्षीय अर्जुनले कुटपिट गरेर हत्या गरेका हुन् ।

उनीहरूले माघ २८ गते घरायसी विवादका क्रममा वृद्धमाथि चिर्पट प्रहार गरी गम्भीर घाइते पारेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनको उपचारका क्रममा सोमबार महाकाली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकोछ ।

कुटपिट गरी हत्या गर्ने बुहारी र नातिलाई प्रहरीले पक्राउ गरि घटना बारे थप अनुसन्धान गरिरहेकोछ ।