नेपालगन्ज ११ फागुन : प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतले गरेको फैसलालाई लिएर तीनै तहका सुरक्षा निकाय हाई अलर्टमा रहेकाछन् ।
नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा तैनाथी बढाइएको हो । सर्वोच्चको फैसला आउने संकेतका आधारमा देशभरनै सुरक्षा चुनौतीलई लिएर तीनै तहका सुरक्षा निकाय हाई अर्लटमा रहेका हुन् ।
सर्वोच्चको फैसला र त्यसपछिको संवेदनशीलतालाई लिएर देशभर सुरक्षा तैनाथी बढाइएको छ । सर्वोच्चको फैसलालाई लिएर भिड जम्मा हुनसक्ने र कुनै अप्रिय घटना नहोस् भनेर तीनै तहका सुरक्षा निकाय हाई अलर्टमा बसेको हो ।
सुरक्षा संयन्त्रले संसद पुर्नस्थापना भएको अवस्था र नभएको अवस्थामा कस्तो सुरक्षा तैनाथी गर्ने भन्ने तयारी पहिल्यै भएको थियो । संसद पुर्नस्थापना भएको अवस्थामा प्रदर्शन र झडपको सम्भावना कम हुने सुरक्षा अधिकारीहरूको विश्लेषण थियो ।
सर्वोच्च अदालतले मंगलबार विघटित प्रतिनिधिसभा पुर्नस्थापना गर्न आदेश दिएको छ । यसका साथै १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं