सशस्त्रका प्रहरी निरीक्षक हिमालले पाँच क्विन्टल अबैध ब्रोइलर कुखुरासहित ७ जनालाई नियन्त्रणमा लिए


सशस्त्रका प्रहरी निरीक्षक हिमालले पाँच क्विन्टल अबैध ब्रोइलर कुखुरासहित ७ जनालाई नियन्त्रणमा लिए

नेपालगन्ज १२ फागुन : सशस्त्र प्रहरीको खडैचा बिओपी पोष्टले ठूलो मात्रा अबैध ब्रोइलर कुखुरा बरामद गरेकोछ ।

सशस्त्र प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाबाट ७ वटा मोटरसाइकल र ७ जना तस्करहरुसहित उक्त ठूलो मात्रामा ब्रोइलर कुखुरा बरामद गरेको हो ।

सशस्त्र प्रहरीको खडैचा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल केसीको कमाण्डमा खटेको टोलीले बुधबार बिहान ३ बजेतिर डुडुवा गाउँपालिका वडा नम्बर– १ पाँजाबाट तस्करसहित ब्रोइलर कुखुरा नियन्त्रणमा लिन सफल भएको छ ।

भारतबाट भित्र्याइएको पाँच क्विन्टल अवैध ब्रोइलर कुखुरासहित मोटरसाईकल र तस्करलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

बरामद गरिएको सबै अबैध सामाग्रीको मूल्य साढे ४ लाख बढी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

पछिल्लो समय सशस्त्र प्रहरीको खडैचा बिओपीले आफ्नो मातहतको ईलाकामा तस्करीविरुद्ध बिशेष निगरानीलाई तिव्रता दिएकोछ ।