नेपालगन्ज १२ फागुन : सशस्त्र प्रहरीको खडैचा बिओपी पोष्टले ठूलो मात्रा अबैध ब्रोइलर कुखुरा बरामद गरेकोछ ।
सशस्त्र प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाबाट ७ वटा मोटरसाइकल र ७ जना तस्करहरुसहित उक्त ठूलो मात्रामा ब्रोइलर कुखुरा बरामद गरेको हो ।
सशस्त्र प्रहरीको खडैचा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल केसीको कमाण्डमा खटेको टोलीले बुधबार बिहान ३ बजेतिर डुडुवा गाउँपालिका वडा नम्बर– १ पाँजाबाट तस्करसहित ब्रोइलर कुखुरा नियन्त्रणमा लिन सफल भएको छ ।
भारतबाट भित्र्याइएको पाँच क्विन्टल अवैध ब्रोइलर कुखुरासहित मोटरसाईकल र तस्करलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएकोछ ।
बरामद गरिएको सबै अबैध सामाग्रीको मूल्य साढे ४ लाख बढी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
पछिल्लो समय सशस्त्र प्रहरीको खडैचा बिओपीले आफ्नो मातहतको ईलाकामा तस्करीविरुद्ध बिशेष निगरानीलाई तिव्रता दिएकोछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं