तिलकपुरबाट १० किलो हात्तिको दाँत सहित थारु पक्राउ


तिलकपुरबाट १० किलो हात्तिको दाँत सहित थारु पक्राउ

नेपालगन्ज १३ फागुन : बाँके प्रहरीले हात्तीको दाँतसहित एक जनालाई पक्राउ गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २, तिलकरपुरबाट १० किलोग्राम तौल भएको हात्तिको दाँतसहित पूर्णबहादुर थारुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार थारुले वन्यजन्तुको कारोबार गर्ने सूचनाका आधारमा खोजतलास गर्दा हात्तीको दाँत फेला परहेको जनाएकोछ ।

वन्यजन्तुको कारोबार गर्दै आएका थारुलाई जिल्ला प्रहरी कार्यालय, बाँकेबाट बिशेष प्रहरी टोली परिचालन गरि अनुसन्धान गरिरहेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

थारुले उक्त हात्तीको दाँत आफ्नो घर पछाडी रहेको मन्दिर परिसरसंगैको सेफ्टी ट्यांकी छेउमा निलो प्लाष्टिकमा बेरेर लुकाईछिपाई राखेको अवस्थामा भेटिएको प्रहरीले जनाएकोछ ।

प्रहरीले हात्तिको दाँत मापन र तौल गर्दा २९ ईन्च लामो र १० (दश) किलोग्राम तौल भएको बताएकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले हात्तिको दाँत र थारुलाई आवश्यक कारवाहीका लागी जिल्ला वन कार्यालय बाँके नेपालगन्ज बुझाएकोछ ।