नेपालगन्ज १३ फागुन : बाँके प्रहरीले हात्तीको दाँतसहित एक जनालाई पक्राउ गरेकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २, तिलकरपुरबाट १० किलोग्राम तौल भएको हात्तिको दाँतसहित पूर्णबहादुर थारुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार थारुले वन्यजन्तुको कारोबार गर्ने सूचनाका आधारमा खोजतलास गर्दा हात्तीको दाँत फेला परहेको जनाएकोछ ।
वन्यजन्तुको कारोबार गर्दै आएका थारुलाई जिल्ला प्रहरी कार्यालय, बाँकेबाट बिशेष प्रहरी टोली परिचालन गरि अनुसन्धान गरिरहेको थियो ।
थारुले उक्त हात्तीको दाँत आफ्नो घर पछाडी रहेको मन्दिर परिसरसंगैको सेफ्टी ट्यांकी छेउमा निलो प्लाष्टिकमा बेरेर लुकाईछिपाई राखेको अवस्थामा भेटिएको प्रहरीले जनाएकोछ ।
प्रहरीले हात्तिको दाँत मापन र तौल गर्दा २९ ईन्च लामो र १० (दश) किलोग्राम तौल भएको बताएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले हात्तिको दाँत र थारुलाई आवश्यक कारवाहीका लागी जिल्ला वन कार्यालय बाँके नेपालगन्ज बुझाएकोछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं