भत्काइयो मानपुरको ‘दुर्घटना निम्त्याउने’ भवन


भत्काइयो मानपुरको ‘दुर्घटना निम्त्याउने’ भवन

नेपालगन्ज १४ फागुनः नेपालगन्ज–गुलरिया सडकखण्डको मानपुरस्थित तिखो घुम्तीमा रहेको दशकौं पुरानो भवन भत्काइएको छ । सोक्षेत्र भएर दिनहुँ आवतजावत गर्ने अधिकाशं ब्यक्ति उक्त सथानमा दुर्घटनामा पर्ने गर्दथे । कतिपयले सो क्षेत्रमा अनाहका समेत ज्यान गुमाएकाछन् ।

दैनिक जसो सानो ठूलो दुर्घटना भइरहने मानपुरस्थित घुम्तीमै रहेको उक्त भवन हालसम्म कसैले भत्काउन सकेका थिएनन् । विभिन्न कालखण्डमा भएको राजनीतिक परिर्वतनमा समेत उच्च प्राथमिकताका साथ भवन भत्काएर सडक सोझ्याउने आश्वास खाइरहेपनि लामो प्रतिक्षापछि शुक्रबार भत्काइएको भवनको खबरले सो क्षेत्रका स्थानीयबासी दुर्घटनाको जोखिम हटेको बुझेकाछन् ।

पहिलोपटक सोक्षेत्र भएर जाने पैदल सर्वसधारण हुन् वा सवारी साधन गुडाउने चालक एक्कासी आउने तिखो घुम्तीका कारण तर्सिनेमात्र नभएर दुर्घटनामा समेत पर्ने गर्दथे । तर, जिल्ला प्रशासन कार्यालय बाँको पहलमा शुक्रबार उक्त भवन भत्काइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

बाँकेको जानकी गाउँपालिका अन्तर्गत पर्ने उक्त स्थान ‘दुर्घटनाग्रस्त’ क्षेत्रका रुपमा परिचित थियो । दशकौ पुरानो दुई तल्ले पक्की भवन भत्काउनका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले घरधनीसँग सहमती गरेपछि उक्त भवन भत्काइएको हो । प्रजिअ कुरुङवाङ, घरधनी तथा सरोकारवालाबीच यही फागुन ७ गते घर भत्काएर सडक बिस्तार गर्ने सहमती भएको थियो ।

प्रशासनले घरधनी शान्तिदेवी सिंह तथा अमर सिंहलाई क्षतिपुर्ती र मुआब्जा उपलब्ध गराउने सहमती गरे भएको ७ दिनमै दशकौं पुरानो उक्त भवन शुक्रबार डोजर लगाएर भत्काइएकोछ ।

यता जिल्ला प्रशासन कार्यालय बाँकेले घरधनीसंग भएको सहमतीबारे प्रष्ट रुपमा खुलाएको छैन । जग्गाधनीका परिवार तथा आफन्त र सरोकारवाला निकायको बैठकले घरको क्षतिपूर्ति र जग्गाको मुआब्जाका लागि प्रक्रिया अघि बढाउने सहमति जुटेपछि भत्काइएको बुझिएको छ ।

प्रमुख जिल्ला अधिकारी कुरुङवाङले घरधनीसँगको सहमतीका आधारमा डोजर प्रयोग गरी भत्काइएको बताए पनि यसका लागि स्थानीय प्रशासनले सडक विभागको डोजर प्रयोग गरेको थियो ।

उक्त स्थानको भवन भत्काइएपछि अब दुर्घटना न्युनिकरण हुने ट्राफिक प्रहरीले जनाएको छ । यद्यपी भत्काइएको स्थानलाई समेटेर सडक विस्तार गरिनेछ ।