नेपालगन्ज १६ फागुन : जिल्ला प्रहरी कार्यालय दाङ ब्राउन सुगरसहित उच्च अदालतका न्यायाधीशकी श्रीमतीलाई पक्राउ गरेकोछ । सुन्दा अपत्यारिलो लाग्न सक्छ तर, यो वास्तविक हो । दाङ तुलसीपुरका एक न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी हुन् ।
तुलसीपुर उपमहानगरपालिका–५ निवासी ४२ वर्षीया तुलसा पोखरेललाई आईतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार उनलाई ब्राउनसुगर लुकाउन प्रयोग गरिएको स्कुटरसहित पक्राउ गरिएको छ ।
तुलसीपुर बजारस्थित घर अगाडि पार्किङ गरेर राखिएको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखेको अवस्थामा २.२२ ग्राम ब्राउनसुगर बरामद भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिब बहादुर सिंहले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पोशाकका प्रहरीले गोप्य सूचनाका आधारमा तुलसाको स्कूटरबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बरामद गरेपछि उनलाई नियन्त्रणमा लिएको थियो ।
तुलसाका श्रीमान मदन पोखरेल उच्च अदालत सुर्खेतका न्यायाधीश हुन् । पक्राउ परेकी तुलसा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन् । पक्राउ परि प्रहरी हिरासतमा रहेकी तुलसाले आफुलाई फसाईएको प्रतिक्रिया दिएकी छिन् । उनले आफ्नो स्कुटरमा फेला परेको ब्राउन सुगरबारे आफुलाई थाहा नभएको भन्दै आफ्नो बचाउ गर्ने प्रयास गरिरहेको एक प्रहरी अधिकारीले बताए ।
पोखरेललाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राखेर आवश्यक अनुसन्धान गरिरहेकोछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं