बर्दियामा फेरि बाघले मान्छे लग्यो, खोजी कार्य जारी


बर्दियामा फेरि बाघले मान्छे लग्यो, खोजी कार्य जारी

नेपालगन्ज १७ फागुन : बर्दियामा फेरि बाघले मान्छे झम्टेर लगेकोछ । गत पुष दोस्रो हप्ता छोराको मोटरसाईकलमा बसेकी कैलालीक एक महिलालाई बाघले झम्टेर लगेको दुई महिनापछि पुनः बर्दियामा बाघले एक बृद्धलाई झम्टेर लगेकोछ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले भैँसी चराउन गएका ती बृद्धलाईलाई झम्टेर लगेको हो ।

बर्दिया राजापुर नगरपालिका– १० का ६५ वर्षिय बृद्धलाई बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ६ नौरङ्गापुरबाट झम्टेर लगेको बुझिएकोछ ।

बाघले लगेका बृद्धको यतिबेला हात्तीको सहायतामा खोजी भैरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा बाघले मानिसलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गतको पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा यात्रा गरेकी कैलालीको लम्किचुहा नगरपालिका–४ कि ५० वर्षीया नन्दकला थापालाई बाघले झम्टेर लगेको थियो । बाघले आधा खाएको अवस्थामा उनको शव फेला परेको थियो ।

बर्दियाको खाता करिडोर र गेरुवा गाउँपालिका क्षेत्रमा मात्रै एक वर्षयता बाघको आक्रमणबाट ६ जनाको ज्यान गैसकेको छ । राष्ट्रिय निकुञ्जमा बाघको संख्या ८७ पुगेको छ ।