नेपालगन्ज १७ फागुन : बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले झम्टेर लगेको बृद्धको शव फेला परेकोछ ।
राजापुर नगरपालिका वडा नम्बर १० कालाबन्जरा बस्ने अन्दाजी ६५ वर्षिय लाल बहादुर थारुलाई सोमबार दिउँसो साढे एक बजे बाघले झम्टेर लगेको थियो ।
बर्दिया गेरुवा गाँउपालिका वडा नम्बर–६ बाझँपुर स्थित रहेको गेरुवा कर्णाली नदीको टापुमा थारु भैसी चराउन गएका थिए ।
सोक्रममा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघले आक्रमण गरी बेपत्ता पारेको थियो ।
घटनाका प्रत्यक्षदर्शी समेत रहेका उनका दाजु बजारु थारुले प्रहरी चौकी मनाउमा खबर गरेका थिए । बाघले मान्छे झम्टेर लगेको खबर पाए लगत्तै प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लाल बहादुर साँउद र ईलाका प्रहरी कार्यालय पाताभार बर्दियाबाट प्रहरी निरीक्ष नवराज केसीको कमाण्डमा ५ जनाको टोलि र बन्जरीया आर्मी पोष्ट बन्जरीयाबाट सह–सेनानी सुरेश थापाको ६ जना टोलीले बाघले लगेको थारुको खोजी गरेका थिए ।
थारुको खोजतलास गर्नेक्रममा पौने ७ बजे कर्णाली नदीको टापुदेखी अन्दाजी ३ सय मिटर उत्तर पुर्बमा रहेको झाडीमा मृत अवस्थामा भेटिएका थिए ।
प्रहरीले शवको पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुर पठाएकोछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं