टिप्परले एकैपटक दुईवटा मोटरसाईकल कुल्चिँदा एकको मृत्यु दुई घाइते


टिप्परले एकैपटक दुईवटा मोटरसाईकल कुल्चिँदा एकको मृत्यु दुई घाइते

नेपालगन्ज १७ फागुन : बाँकेको सिमल चोक, ढकेरीमा टिप्परले मोटरसाईकल कुल्चिदा एकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएकाछन् ।

महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाँउपालिका–९ ढकेरी स्थित सिमल चोकमा सोमबार बेलुका टिप्परले एकैपटक दुई वटा मोटरसाईकललाई ठक्कर दिदाँ भएको दुर्घटनामा परि एकको मृत्यु भएको हो भने दुईजना गम्भीर घाइते भएकाछन् ।

पश्चिमबाट पुर्व जाँदै गरेको पहिचान नखुलेको टिप्परको ठक्करबाट राप्तीसोनारी गाँउपालिका– ८ बस्ने वर्ष २४ का ढकबहादुर खड्काको ज्यान गएको छ भने उनका दाजु वर्ष २८ का मान बहादुर खड्का गम्भीर घाईते भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय कोहलपुरका प्रहरी निरीक्षक राजु भण्डारीका अनुसार मृतक खड्का सवार भे८प ३७९५ नम्बरको मोटरसाईकल अर्को भे५प ३८८९ नम्बरको मोटरसाईकललाई टिप्परले ठक्कर दिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

ट्राफिक प्रहरी निरीक्षक भण्डारीका अनुसार मृतक ढकबहादुरले चलाएको भे८प ३७९५ नम्बरको मोटरसाईकलमा पछाडी बसेका मनोज घाईते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ । यस्तै भे५प ३७८९ नम्बर मोटरसाईकलमा सवार कोहलपुर नगरपालिका वडा नम्बर ५ का ५१ वर्षिय सञ्जय चन्द घाईते भएका छन् । उनको खुट्टामा चोट लागेकोछ ।

मोटरसाईकललाई ठक्कर दिएको आशंकामा दुईवटा टिप्पर नियन्त्रण लिई ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको ट्राफिक प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।
दुर्घटनाको अनुसन्धान भइरहेको बताउँदै उनले घाईते दुबै जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको बताए ।