नरैनापुर २४ फागुन : बाँकेको नरैनापुरमा भिषण आगलागी भएकोछ । नरैनापुर गाउँपालिका–१ सुइयामा भिषण आगलागी भएको हो । सोमबार विहान ११ बजे स्थानीय मनिजर पासीको फुसले छाएको कच्ची घरमा लागेको आगोले २५ घर खरानी बनाएकोछ ।
पासीको घरबाट आगलागी शुरु हुदाँ सो वरिपरिका २५ घर जलेर नष्ट भएका हुन् । आगलागी एक घण्टामै नियन्त्रणमा आएको थियो । बिहान ११ बजेबाट सुरु भएको आगलागी १२ बजेमात्रै नियन्त्रणमा आएको थियो । मानवीय क्षती भने हुन पाएन ।
घरमा बच्चाहरु मात्रै भएको समयमा अचानक आगलागी भएपछि स्थानीयले खबर गरेलगत्तै सुइँया प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली परिचालन भएको थियो ।
स्थानीय, प्रहरी र दमकलको सहारामा आगो नियन्त्रणमा लिइएको हो । आगलागि यति ठूलो थियो कि नियन्त्रणमा लिदाँलिदै २५ घर जलेर खरानी भए ।
आगालागीबाट मनिजर पासी, नाफे पासी, रंगै पासी, राम समुझ पासी, मनै साई, सहजराम पासी, मृतलाल पासी, सन्तोष पासी, बौरा पासी, मुन्के पासी र सिराज पासीको घर जलेर खरानी भएको छ ।
नरैनापुर गाँउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहका अनुसार आगलागीबाट करोड बढिको जिन्सी तथा नगद क्षती भएको छ ।
आगलागी भएको स्थलमा पुगेका गाउँपालिकाका अध्यक्ष शाहले आगलागी पीडितहरुलाई तत्काल सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
भिषण आगलागि भएपछि नरैनापुर गाउँपालिका अन्तरगत विपद् व्यवस्थापन समितिको बैठक बसि तत्काल प्रभावित क्षेत्रका नागरिकलाई राहत प्रदान गरिने गाउँपालिकाले जनाएको छ । आगलागीबाट भएको क्षतीको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको छ ।