नेपालगन्ज २४ फागुन : जिल्ला विपद् व्यवस्थाप समिति बाँकेले आगलागि पिडीतलाई राहत प्रदान गरेकोछ ।
बाँके नरैनापुर वडा नम्बर–१ सुईयामा सोमबार विहान भएको भिषण आगलागिमा पुर्ण क्षति भएका २२ घर परिवारलाई जिल्ला विपद व्यवस्थापन समिति बाँकेले राहत प्रदान गरेको हो ।
आगालगी प्रभावित क्षेत्रमै पुगि प्रति परिवार १५ हजारका दरले नगद राहत सहयोग गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका प्रमुख एवम बाँकेका प्रजिअ रामबहादुर कुरुम्वाङ्गले उक्त राहत प्रदान गरेका हुन् ।
यस्तै सोहीक्रममा नेपाल रेडक्रस सोसाईटीले आगलागी प्रभावित परिवारलाई ७ हजार बराबरको प्रति परिवार गैह्र खाद्य सामाग्री उपलब्ध गराएको छ ।
आगलागिबाट दलित बस्ती पुरै पुर्ण क्षति भएपछि प्रमुख जिल्ला अधिकारी, नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाह, सुरक्षा प्रमुखहरु, रेडक्रसकर्मी प्रभावित क्षेत्रमै आजै पुगि राहत वितरण गरिएको हो ।
आगलागीबाट विस्तापित परिवारलाई नरैनापुर गाउँपालिकाले खाना तथा अस्थायी बसोवासको व्यवस्था मिलाएको छ । बाँकेमा पछिल्लो समय गर्मी बढेसँगै आगलागीका घटना पनि बढ्दै जान थालेका छन ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं