कर्णालीमा हाम फालेकी सुकी र छोराको शव भेटियो, कान्छि छोरी अझै बेपत्ता


कर्णालीमा हाम फालेकी सुकी र छोराको शव भेटियो, कान्छि छोरी अझै बेपत्ता

नेपालगन्ज २५ फागुन : दैलेखको आठविस नगरपालिका–३ का सुकी बडुवाल र उनका छोराको पनि मंगलबार शव भेटिएको छ ।

सोमबार बिहानदेखि हराइरहेका उनीहरूको शव भेटिएको हो । राकम र अछामको बीचमा पर्ने नदीको अछामतर्फको किनारामा शव फेला परेको प्रहरीले जनाएको छ ।
सुकीका दुई छोरीको सोमबार बेलुका डोरीले हात बाँधिएको अवस्थामा शव भेटिएको थियो ।

आईतबार राति मदिरा सेवन गरी घर गएका श्रीमानसँग झगडा भएपछि सुकी सोमबार बिहानै चार छोराछोरीलाई साथमा लिएर घरबाट निस्किएकी थिइन् । उनले आफ्ना सन्तासहित कर्णाली नदीमा हाम फालेको आशंका गरिएको छ । यद्यपी यो घटनालाई प्रहरीले सुक्ष्मरुपमा अध्ययन गरिरहेकोछ ।

घटना लगत्तै प्रहरीले सुकीका श्रीमान मानसिंह बडुवाललाई उनकै घरबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

मंगलबार बिहान सुकी र उनका छोरा ८ वर्षका ललित बडुवालको शव भेटिएको आठबीस नगरपालिका–३ का वडाध्यक्ष प्रयाग शाहीले जानकारी दिए ।

उनीहरूको शव पनि कर्णाली नदीको किनारमै भेटिएको हो । कान्छी छोरी ५ वर्षीया रजनी बडुवालको अवस्था अझ पनि अज्ञात रहेको उनले बताए ।

सोमबार बेलुका सोमबार बेलुका १४ वर्षकी छोरी कल्पना बडुवाल र ११ वर्षकी सरिता बडुवाल माछा मार्न प्रयोग गर्ने डोरीमा हात बाँधिएको अवस्थामा एकै ठाउँमा मृत भेटिएका थिए ।

यो पनि पढ्नुहोस् :

महिला दिवस मनाइरहदाँ दैलेखमा चार सन्तानसहित एक महिला कर्णालीमा हाम फालिन्