नेपालगन्ज २५ फागुन : दैलेखको आठविस नगरपालिका–३ का सुकी बडुवाल र उनका छोराको पनि मंगलबार शव भेटिएको छ ।
सोमबार बिहानदेखि हराइरहेका उनीहरूको शव भेटिएको हो । राकम र अछामको बीचमा पर्ने नदीको अछामतर्फको किनारामा शव फेला परेको प्रहरीले जनाएको छ ।
सुकीका दुई छोरीको सोमबार बेलुका डोरीले हात बाँधिएको अवस्थामा शव भेटिएको थियो ।
आईतबार राति मदिरा सेवन गरी घर गएका श्रीमानसँग झगडा भएपछि सुकी सोमबार बिहानै चार छोराछोरीलाई साथमा लिएर घरबाट निस्किएकी थिइन् । उनले आफ्ना सन्तासहित कर्णाली नदीमा हाम फालेको आशंका गरिएको छ । यद्यपी यो घटनालाई प्रहरीले सुक्ष्मरुपमा अध्ययन गरिरहेकोछ ।
घटना लगत्तै प्रहरीले सुकीका श्रीमान मानसिंह बडुवाललाई उनकै घरबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएकोछ ।
मंगलबार बिहान सुकी र उनका छोरा ८ वर्षका ललित बडुवालको शव भेटिएको आठबीस नगरपालिका–३ का वडाध्यक्ष प्रयाग शाहीले जानकारी दिए ।
उनीहरूको शव पनि कर्णाली नदीको किनारमै भेटिएको हो । कान्छी छोरी ५ वर्षीया रजनी बडुवालको अवस्था अझ पनि अज्ञात रहेको उनले बताए ।
सोमबार बेलुका सोमबार बेलुका १४ वर्षकी छोरी कल्पना बडुवाल र ११ वर्षकी सरिता बडुवाल माछा मार्न प्रयोग गर्ने डोरीमा हात बाँधिएको अवस्थामा एकै ठाउँमा मृत भेटिएका थिए ।
यो पनि पढ्नुहोस् :
महिला दिवस मनाइरहदाँ दैलेखमा चार सन्तानसहित एक महिला कर्णालीमा हाम फालिन्
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं