डोटी २८ फागुन : बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधार गृहमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो । जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेश दिएसँगै उनलाई डोटीको सिलगढीमा रहेको सुधारगृहमा राखिएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीको बलात्कारपछि हत्या गरेको अभियोग त्यसै विद्यालयमा पढ्ने दिनेशमाथि लागेको छ । भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो । -रासस
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं