लहान बम विस्फोट : आशंकामा एक जना पक्राउ


लहान बम विस्फोट : आशंकामा एक जना पक्राउ

नेपालगन्ज २ चैत : लहान बम विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान गरपालिका–१८ बस्ने बलराम मण्डल रहेको प्रहरीले जनाएको छ ।

मण्डललाई सुखिपुर नगरपालिकाको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले पक्राउ गरिएको सशस्त्रका एसपी दिपेश गिरीले जानकारी दिएका छन् ।

सिसिटिभी फुटेजको आधारमा मण्डललाई भारतीय सीमा नजिक क्षेत्रबाट पक्राउ गरिएको उनले बताए ।

आइतबार अपराह्न १ बजे लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा परी ७ जना घाइते भएका थिए । विस्फोटको जिम्मा भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहले लिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

गोइत समूहका संयोजक जयकृष्ण गोइतले एक विज्ञप्ती सार्वजनिक गर्दै उक्त बम विस्फोटको जिम्मा लिएका थिए ।