नेपालगन्ज २ चैत : लहान बम विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान गरपालिका–१८ बस्ने बलराम मण्डल रहेको प्रहरीले जनाएको छ ।
मण्डललाई सुखिपुर नगरपालिकाको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले पक्राउ गरिएको सशस्त्रका एसपी दिपेश गिरीले जानकारी दिएका छन् ।
सिसिटिभी फुटेजको आधारमा मण्डललाई भारतीय सीमा नजिक क्षेत्रबाट पक्राउ गरिएको उनले बताए ।
आइतबार अपराह्न १ बजे लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा परी ७ जना घाइते भएका थिए । विस्फोटको जिम्मा भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहले लिएको थियो ।
गोइत समूहका संयोजक जयकृष्ण गोइतले एक विज्ञप्ती सार्वजनिक गर्दै उक्त बम विस्फोटको जिम्मा लिएका थिए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?