बर्दिया ३ चैत : दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा बर्दियामा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
बर्दियाका राजापुर नगरपालिका– १० लालपुर स्थित मनाउ जाने भित्री बाटोमा भएको उक्त दुर्घटनामा परी गेरुवा गाउँपालिका वडा नम्बर–३ शान्तिबजार निवासी ३२ वर्षिय तपेश सोडारीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार तपेश सोडारीले चलाएको से ७ प ५६९३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको भे १ प २४०८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका सोडारीको उपचारका लागी लैजादैँ गर्दा मृत्यु भएको हो ।
मधुवन नगरपालिका –६ गाउँ नम्बर दुइ निवासी रोशन पुनले चलाएको भे ६ प २४०८ नम्बरको मोटरसाइकलमा गगन अधिकारी र मदन गरुङ गरी ३ जना सवार रहेको प्रहरीले बताएको छ ।
घाइते मध्ये मदन गुरुङलाई थप उपचारका लागी नेपालगन्ज लगिएको छ । प्रहरीका अनुसार तपेश सोडारी सामान खरिदका लागी बजार जादै थिए ।