बर्दिया ३ चैत : दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा बर्दियामा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
बर्दियाका राजापुर नगरपालिका– १० लालपुर स्थित मनाउ जाने भित्री बाटोमा भएको उक्त दुर्घटनामा परी गेरुवा गाउँपालिका वडा नम्बर–३ शान्तिबजार निवासी ३२ वर्षिय तपेश सोडारीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार तपेश सोडारीले चलाएको से ७ प ५६९३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको भे १ प २४०८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका सोडारीको उपचारका लागी लैजादैँ गर्दा मृत्यु भएको हो ।
मधुवन नगरपालिका –६ गाउँ नम्बर दुइ निवासी रोशन पुनले चलाएको भे ६ प २४०८ नम्बरको मोटरसाइकलमा गगन अधिकारी र मदन गरुङ गरी ३ जना सवार रहेको प्रहरीले बताएको छ ।
घाइते मध्ये मदन गुरुङलाई थप उपचारका लागी नेपालगन्ज लगिएको छ । प्रहरीका अनुसार तपेश सोडारी सामान खरिदका लागी बजार जादै थिए ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं