चितवन ३ चैत : जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर–११ का ३२ वर्षीय दिलीप अधिकारी, भरतपुर–४ का २५ वर्षीय रोशन खत्री र कास्की पोखरा महानगरपालिका–२६ का २५ वर्षीय निशान तामाङ रहेका छन् ।
उनीहरुलाई नारायणगढको पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले यात्रु तानातान गर्ने, जथाभावी भाडा माग्ने, यात्रु तथा सवारी साधनलाई हैरानी पार्ने, अनावश्यक सवारी साधन रोक्न लगाई आवागमनमा बाधा पार्ने गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।
उनीहरुले आफ्नो कार्यक्षेत्रमा खटिएका प्रहरीलाई समेत अवरोध पु¥याउने गरेको उनले बताए । -रासस
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं