नेपालगन्ज ३ चैत : नेपाल प्रहरीले दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बाग्लुङ गलकोट नगरपालिका–२ का कमल सुनारले एउटै नागरिकता नम्बरमा दुईवटा नाम राखी सरकारी कार्यालयमा पेश गरेर दुरुपयोग गरी सेवा लिएको आरोपमा आज काठमाडौँको सुके धाराबाट पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कामा कमल थापा नाम राखी दोहोरो नागरिकता लिएर दुरुपयोग गरेकाले पक्राउ गरिएको जानकारी दिइन् ।
‘पक्राउ परेका सुनारले कमल थापाको नामबाट सरकारी कार्यालयमा नागरिकता पेश गरी सेवा लिएको अनुसन्धानमा खुलेको छ’, उनले भनिन् । पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता पन्तले बताइन् ।
पक्राउ परेका सुनारसँगबाट प्रहरीले नागरिकता दुई थान, राहदानी एक थान, मोबाइल एक थान, जन्म दर्ताको प्रमाणपत्र एक थान, नाता प्रमाणितको सक्कल प्रमाणपत्र एक थान, कर्जा सूचना उपलब्ध गराइदिने बारेको पत्रचार थान, कमल थापाको नाममा बिल दुई थान बरामद गरेको छ । यस्तै कमल थापाको नाममा रहेको विभिन्न बैंकको चेक दुई थान र रबर स्टाम्पसमेत बरामद गरेको ब्यूरोले जनाएको छ । -रासस
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी