नेपालको पूर्वी जिल्लामा हात्ती पश्चिममा पाटेबाघ आतंक

हात्तीको आक्रमणबाट झापामा दुई घाइते


नेपालको पूर्वी जिल्लामा हात्ती पश्चिममा पाटेबाघ आतंक

File Photo

नेपालगन्ज ४ चैत : पछिल्लो समय नेपालमा वन्यजन्तु र मानवविच द्वन्द्व बढेर आएकोछ । वन्यजन्तु र मानवविच द्वन्द्व बढ्दै गएपछि निकुञ्ज तथा जङ्गल क्षेत्र आसपासका मानिस एव वस्तुभावमा क्षति बढेर आएकोछ ।

नेपालको पश्चिम क्षेत्र बाँके, बर्दिया र कैलालीमा पाटेबाघले नियमित आक्रमण गर्न थालेकाछन् । कतिपयले ज्यान समेत गुमाएका छन् । भने कतिपय अङ्गभङ्ग समेत भएकाछन् ।

हिजो मङ्गलबारमात्रै बर्दिया राष्ट्रिय निकुञ्जमा निउरो टिप्न गएका तीन महिला मध्ये एक महिलालाई पाटे बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ की ५५ वर्षीय डल्ली रावतको मृत्यु भएको छ ।

यसैबीच जङ्गली हात्तीको आक्रमणमा परी पूवी नेपालको झापाको बुद्धशान्ति गाउँपालिका–२ मा आज(बुधबार) बिहान दुई जना घाइते भएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली रहेको प्रहरीले जनाएको छ ।

उनीहरूमध्ये खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र डोलीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको छ । प्रहरीका अनुसार खाती गम्भीर घाइते छन् ।

उनको हात र छातीमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा छन् भने डोली सामान्य घाइते छन्। उनीहरू दुवै श्रमिक हुन् । आज बिहान ७ बजे गाउँमा पसेको हात्ती धपाउने क्रममा उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।