महोत्तरी ५ चैत : महोत्तरीको पिपरा गाउँपालिका–५, सहोड्वाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थालेको छ । गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थालेको हो ।
यसअघि, नेपाल प्रहरीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता दम्पतीको खोजी गरिरहेको बताए पनि पत्ता लाग्न नसकेपछि प्रहरी प्रधान कार्यालयले सीआईबी टोली खटाएको हो । झा दम्पती सुतेको खाटसहितै हराएका छन् ।
सीआईबी प्रमुख सहकुल थापाले बेपत्ता दम्पतीको खोजीमा टोली परिचालन गरिएको पुष्टि गरे । ब्युरोका प्रहरी निरीक्षकको कमान्डको टोली बुधबार नै महोत्तरी पुगेर काम थालेको थापाको भनाइ छ ।
झा दम्पती राति ओछ्यानबाटै बेपत्ता भएको घटनालाई आपराधिक समूहले अपहरण गरेको अड्कल गरिँदै छ । फागुन ११ गते बिहान झा दम्पती हराएको घटना सार्वजनिक भएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक जाँच गर्दा घरकोठाको संघारमा रगतका छिटाजस्तो देखिएपछि हत्या गरिएको हुनसक्नेसम्मको अड्कल गरिएको छ ।
बेपत्ता वृद्ध दम्पतीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले खोजी भइरहेको जनाए पनि पत्ता लाग्न नसकेपछि यहाँ सीआईबी टोली खटाइनुपर्ने माग बढेको थियो । लामो समयसम्म बेपत्ता झा दम्पती अवस्था पत्ता लाग्न नसकेपछि खोजीकार्य फितलो भएको गुनासो गर्दै मैथिल ब्राह्मण युवा महासभा प्रदेश–२ समितिसहित ४४ सामाजिक संघ–संस्थाले सीआईबी टोली परिचालन गर्न प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण गराएका थिए ।
यसअघि, बेपत्ता झा दम्पतीको खोजीमा प्रहरीले ५० भन्दा बढीलाई जिल्ला प्रहरी कार्यालय पु¥याएर केरकार गर्दा पनि घटनाबारे खास तथ्य फेला नपरेपछि पिपरा गाउँपालिका क्षेत्रमा त्रास फैलिएको छ । झा दम्पती सुतेको खाटसहितै बेपत्ता पारिएको घटनाको यकिन कुरा आउन नसक्दा झनै बढी रहस्यपूर्ण बनेको छ । अहिले सीआईबीले खोजबिन गर्न थालेपछि जिल्लामा घटनाबारे यकिन तथ्य आउने आश भने पलाएको छ । -रासस
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं