नेपालगन्ज ५ चैत : संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले दिएको अवार्ड प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्रसिंह जोहारीलाई हस्तान्तरण गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का निर्देशक सहकुलबहादुर थापाले अवार्ड हस्तान्तरण गरेका हुन् ।
संयुक्त राष्ट्र संघको कन्फेरेन्स सेन्टरले गरेको भर्चुअल कार्यक्रममार्फत दिएको अवार्ड ब्युरोका निर्देशकले पन्थी र जोहारीलाई एक समारोहकाबीच दिएका हुन् ।
अन्तरदेशीय वातावरणीय अपराधविरुद्ध उल्लेखनीय भूमिका खेलेको भन्दै उनीहरुलाई ५ फागुनमा पुरस्कृत गरिएको थियो ।
सीआईबीको पिल्लर ४ मा कार्यरत उनीहरुले कुख्यात वन्यजन्तु तस्कर कुञ्जोक लामालाई पक्राउ गर्न सफल भएका थिए ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं