File Photo
नेपालगन्ज ६ चैत : नेपाल तरुण दल नगर कार्यसमिति नेपालगन्जले आन्दोलन गर्ने चेतावनी दिएकोछ ।
तरुण दल नगर सदस्यद्वय आयुष शाह र सम्भ्रान्त विक्रम शाहले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
नेपाल तरुण दल नेपालगन्ज नगर सभापित संदीपजंग शाहलाई ईलाका प्रहरी कार्यालय बनकट्टीका प्रहरी नायब निरीक्षक रणधिर जैशीले फेसबुकको म्यासेजमार्फत कपोकल्पित समाचारका विषय लिएर दिएको धम्किप्रति भत्र्सना गर्दै यस्तो चेतावनी दिएको हो ।
‘उक्त समाचार स्वयम तरुण दल नेपालगन्जका सभापति शाहलाई समेत जानकारी नभएको अवस्थामा सोही विषय लिएर प्रहरी नायब निीक्षक जैशीले विभिन्न धम्कीपूर्ण भाषा प्रयोग गरि मानहानी गरेको कार्यको भत्र्सना गर्दछ ।’ नगर सदस्यद्वय शाहद्वारा जारी विज्ञप्तीमा भनिएकोछ ।
तरुण दलले उक्त घटनाको वास्तविकता नबुझि आक्षेप लगाई सामाजिक सञ्जाल दुरुपयोग गर्ने कार्य तुरुन्त बन्द नगरिए आन्दोलित हुने विज्ञप्तीमार्फत जनाएको हो ।