प्रहरी झुक्याउ खागमा सुनको जलप
नेपालगन्ज ६ चैत : ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र खनालको कमाण्डमा कोहलपुरबाट गैंडाको खागसहित दुई जनालाई नियन्त्रणमा लिइएकोछ ।
विशेष सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक खनालको टोलीले शुक्रबार दिउँसो डेढ बजे गैंडाको खागसहित दुई जनालाई पक्राउ गरेको हो ।
खागसहित पक्राउ पर्नेमा नवलपरासी बुलिङ्टार गाउँपालिका वडा नम्बर –२ का ३५ वर्षीय कृष्ण पुलामी मगर र सिन्धुली ग्यङ्लेख गाउँपालिका वडा नम्बर–५ का ३४ वर्षीय सुरेश सिंजाली रहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।
बिगत लामो समयदेखि कोहलपुर आसपासमा बसेर वन्यजन्तु चोरी तस्करीमा संग्लन रहेको बिशेष सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक खनालको टोलीले पछ्याउने क्रममा कोहलपुर– ११ बाट नियन्त्रणमा लिइ चेकजाँच गर्नेक्रममा मगर र सिंजालीका साथबाट त्रिभुज आकारको गैडाँको खाग २ थान बरामद भएको हो ।
प्रहरी नियन्त्रणमा परेका मगर र सिंजालीले पक्राउ परिहाले भने पनि प्रहरीलाई झुक्याउने उद्देश्यका साथ खागमा सुनको जलप टाँसेर हिँडेको खनालले बताए । उनीहरुले उक्त सुन जडित खागलाई १ करोडमा बेच्ने योजना रहेको प्रहरी अनुसन्धानबाट खुलेकोछ । यद्यपी कहाँबाट कसरी ल्याइयो र कसलाई बेच्न थालिएको थियो भन्ने अझै खुलिनसकेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
बरामद गरिएको २ थान खागलाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय बाँके बुझाइने प्रहरीले बताएकोछ ।
यसअघि ईलाका प्रहरी कार्यालय कोहलपुरले बिहीबार साँझ मात्रै रेड पाण्डाको १ थान छाला, कालो भालुको २ थान पित्त र कस्तुरीको विणासहित तीन जनालाई पक्राउ गरेको थियो ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं