बाँकेका सुरक्षा निकायलाई स्थानीय तहले दिए सवारी साधन


बाँकेका सुरक्षा निकायलाई स्थानीय तहले दिए सवारी साधन

नेपालगन्ज ६ चैत : जिल्लाको सुरक्षा ब्यवस्थालाई चुस्त र दुरुस्त बनाउन बाँकेका स्थानीय तहले सुरक्षा निकायलाई सवारी साधन सहयोग गरेका छन् ।

जिल्लाको सवारी साधनको नियमन गर्ने जिल्ला ट्राफिक कार्यालय र सुरक्षा ब्यवस्था कायम गरि शान्ति सुब्यवस्था कायम गर्ने ईलाका प्रहरी कार्यालय कोहलपुरलाई यहाँका स्थानीय तहले सवारी साधन सहयोग गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

उनले जिल्ला ट्राफिक प्रहरीसँग सवारी साधन नहुँदा दुर्घटना भएको ठाउँमा पुग्न र सवारी साधनको नियमन गर्न असहज भएपछि स्थानीय तहसँग सवारी साधन माग गरिएको बताए । ट्राफिक प्रहरीलाई राप्तीसोनारी गाउँपालिकाले गाडी खरिद गरि प्रदान गरेको प्रजिअ कुरुम्बाङले जानकारी दिए ।

त्यसैगरि, कोहलपुर नगरपालिकाले ईलाका प्रहरी कार्यालय कोहलपुरलाई गाडी प्रदान गरेको छ । कोहलपुर क्षेत्रको सुरक्षा ब्यवस्थालाई चुस्त दुरुस्त बनाउन भूमिका खेल्दै आएको कोहलपुर प्रहरीसँग सवारी साधन अभाव भएको महशुस भएपछि गाडी खरिद गरि प्रदान गरेको नगर प्रमुख लुटबहादुर रावतले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्लाको सुरक्षा ब्यवस्थामा सहयोग गर्न स्थानीय तहले सवारी साधन दिएपछि प्रजिअ कुरुम्बाङले धन्यवाद दिएका छन् । उनी आफ्नो फेसबुक पेजमा लेख्छन्, ‘जिल्लाको सुरक्षा ब्यवस्थालाई सवल बनाउन स्थानीय तहले गरेको सहयोग अतुलनिय छ । यसले शान्ति, सुरक्षा कायम गर्न सहयोग मिल्ने हामीले आशा गरेका छौँ ।’ उनले राप्तीसोनारी र कोहलपुर नगरपालिका प्रति आभार ब्यक्त गरेका छन् ।