कोहलपुर प्रहरीले एक केजी चरेशसहित तीनजनालई नियन्त्रणमा लियो


कोहलपुर प्रहरीले एक केजी चरेशसहित तीनजनालई नियन्त्रणमा लियो

नेपालगन्ज ८ चैत : ईलाका प्रहरी कार्यालय कोहलपुरले ठूलो मात्रामा लागुऔषध चरेश सहित तीन जनालाई नियन्त्रणमा लिएकोछ । बाँकेको कोहलपुरबाट एक केजी लागु औषध चरेश सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर– १० हाईस्कुल क्षेत्रबाट चरेशसहित एउटा गाडी र तीन जनालाई नियन्त्रणमा लिईएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

कोहलपुर नगरपालिका वडा नम्बर– २ का विश्व परियार, राप्तिसोनारी गाँउपालिका– ३ का आनन्द खड्का र सोहि ठाँउका कैलाश शाही प्रहरीको नियन्त्रणमा परेका हुन् । उनीहरुको साथबाट बा६च ७५७१ नम्बरको टाटा कम्पनीको एउटा हाइलेक्स गाडी समेत बरामद गरिएको खनालले जानकारी दिए ।

पक्राउ परेका युवाहरुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । उक्त लागुऔषध चरेश कहाँबाट कहाँ लैजान ल्याइएको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।