टिकापुरमा बम भेटियो, सेनाको टोली जाँदै


टिकापुरमा बम भेटियो, सेनाको टोली जाँदै

सांकेतिक तस्विर

टिकापुर ९ चैत : कैलालीको टिकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक बम फेला परेको छ ।

बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो ।

त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको ईलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।

फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

सोमबार बिहान सेनाको बम डिस्पोजल टोली टिकापुर आउन थालेको ईलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए । -रासस