नेपालगन्ज ९ चैत : बाँके प्रहरीले मानव बेचविखन मुद्दामा फरार एक प्रतिबादीलाई ६ वर्षपछि नियन्त्रणमा लिएकोछ ।
साविक पुरैना गाविस वडा नम्बर ९ तेलियनपुर निवासी ३२ वर्षिय अमर क्षेत्री कार्कीलाई वडा प्रहरी कार्यालय नेपालगन्जको प्रहरी टोलीले हिजो आईतबार पक्राउ गरेको हो ।
२०७१ असार २८ गते कार्कीले २० वर्षिय युवतीलाई मिठाई खान दिई बेहोस बनाएर भारतको बहराईच लगेका थिए । बहराईच पु¥याएकी ती युवतीलाई कार्कीले भारतको लखनउका नामथर थाहा नभएका एक जनालाई ५० हजार रुपैयाँमा विक्री गरेका थिए । सो घटना पश्चात कार्की फरार रहेका थिए ।
पछि २० वर्षिय ती युवतीले आफू बेचिएको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी समेत दिएकी थिइन् । ती युवतीको जाहेरीपछि प्रहरीको खोजीमा रहेका कार्कीलाई बाँके प्रहरीले ६ वर्षपछि पक्राउ गरेको हो ।
बाँके प्रहरीका अनुसार चालु आर्थिक वर्षको हालसम्म ५ सय ५४ जना फरार पक्राउ परेका छन् ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं