नेपालगन्ज १४ चैत : सिकार खेल्न गएका दाङका एकजनाको गोली लागेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार घोराही–१२ को जंगलमा शुक्रवार राति घटना भएको हो ।
गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।