File Photo
नेपालगन्ज १५ चैत : जिल्ला ट्राफिक कार्यालय बाँकेले होली पर्वमा समेत ट्राफिक व्यवस्थापनलाई कडाई गरेकोछ । पर्वका अवसरमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न जिल्ला ट्राफिक कार्यालय बाँकेले यस्तो कडाइ गरेको हो ।
ट्राफिक प्रहरीले अवाञ्छित गतिविधि, दुर्घटना र कोरोना महामारीलाई ध्यानमा राखेर आईतबार बिहानैदेखि सवारी चेकिङलाई कडाइ गरेको हो ।
पर्वका अवसरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका सवारी चालकलाई ठाउँका ठाउँ कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।
यता बाँके प्रहरीले कोरोना भाइरस संक्रमणको दोस्रो लहरकै बेला जिल्लाको शान्ति सुरक्षा तथा स्वास्थ्य चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा ब्यवस्थापन चुस्तदुरुस्त पारेकोछ ।
कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै प्रहरीले होली पर्व घरभित्रै मनाउन माइकिङमार्फत जानकारी गराइ रहेको छ । यद्यपी यतिबेला नेपालगन्जका विभिन्न चोक तथा टोलमा होली मनाउनेको उल्लेख्य भीड रहेकोछ ।
तराईमा मनाइने होली पर्वको पूर्व सन्ध्यामा नेपालगन्जका विभिन्न चोक, टोल तथा बस्तीमा होलीका दहन हुने भएकाले सर्वसाधरणको घुइँचो समेत लागेकोछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं