काठमाडौं १७ चैत : बालयौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उक्त कसुरमा अमेरिकी नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको जनाइएको छ । निकैअघिदेखि खोजीको सूचीमा रहेका उनलाई आज कास्कीको पोखरा महानगरपालिका–१८ स्थित होमस्टेमा बसिरहेका बेला ब्युरोको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको जनाइएको छ ।
उनले अमेरिका रहँदादेखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचनाका आधारमा ब्युरोले उनलाई खोजी गरिरहेको थियो । उनी सन् २०१८, २०१९ र २०२१ गरी तीनपटक नेपाल आएको र सन् २०१९ मा तीन बालबालिकालाई बालयौन दुराचार गरेको भन्दै पीडितबाट जाहेरी दरखास्त परेको छ ।
उनको साथबाट प्रहरीले चार हजार ६०० अमेरिकी डलर, ल्यापटप तथा मोबाइल बरामद गरेको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । -रासस
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं