बालयौन दुराचारको आरोपमा विदेशी पक्राउ


बालयौन दुराचारको आरोपमा विदेशी पक्राउ

काठमाडौं १७ चैत : बालयौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उक्त कसुरमा अमेरिकी नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको जनाइएको छ । निकैअघिदेखि खोजीको सूचीमा रहेका उनलाई आज कास्कीको पोखरा महानगरपालिका–१८ स्थित होमस्टेमा बसिरहेका बेला ब्युरोको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको जनाइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

उनले अमेरिका रहँदादेखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचनाका आधारमा ब्युरोले उनलाई खोजी गरिरहेको थियो । उनी सन् २०१८, २०१९ र २०२१ गरी तीनपटक नेपाल आएको र सन् २०१९ मा तीन बालबालिकालाई बालयौन दुराचार गरेको भन्दै पीडितबाट जाहेरी दरखास्त परेको छ ।

उनको साथबाट प्रहरीले चार हजार ६०० अमेरिकी डलर, ल्यापटप तथा मोबाइल बरामद गरेको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । -रासस