नेपालगन्ज १८ चैत : दमक नगरपालिकाबाट महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू रहेका छन् ।
उनीहरुलाई दमक नगरपालिका–६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । सोही घरबाट आठ जना १७ वर्षदेखि ३९ वर्ष उमेर समूहका महिलाको समेत प्रहरीले उद्धार गरेको छ ।
उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । दुई महिलालाई यही चैत १५ गते प्रहरी पक्राउ गरेको थियो । पक्राउ परेका दुवै महिलालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । -रासस
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं