घाँस काट्न जाँदा हराएका किशोरी भारतमा भेटिए


घाँस काट्न जाँदा हराएका किशोरी भारतमा भेटिए

नेपालगन्ज १८ चैत : घाँस काट्न जाँदा हराएका किशोरी भारतमा भेटिएका छन् । महोत्तरीबाट सम्पर्कविहीन भएका सात किशोरी भारतमा फेला परेका हुन् । भारतीय प्रहरीले भारतको सीतामढीमा किशोरीहरुलाई भेटिएको आफन्तलाई जानकारी गराएको हो ।

किशोरीहरु कसरी त्यहाँ पुगे भन्ने खुलिसकेको छ । उनीहरुलाई नेपाल त्याउने प्रक्रिया सुरु गरिएको छ । आफन्त र प्रहरी सीतामढीतर्फ जाँदै गरेको बताइएको छ ।

आफन्तले किशोरीहरु हराएको भारतीय प्रहरीलाई समेत जानकारी गराएका थिए । आफन्त रामटहल पासवानले किशोरीको खोजीमा सहयोग गरिदिन भारतीय प्रहरीलाई अनुरोध गरेका थिए ।

बुधबार बिहान भारतीय प्रहरीले किशोरीहरु फेला परेको जानकारी परिवारलाई गराएको आफन्तले जानकारी दिएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

मंगलबार दिउँसो महोत्तरीको भंगहा नगरपालिका–८, धरमपुरका १२ वर्षीय सीमा पासवान, १२ वर्षीय रञ्जन पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान घाँस काट्न भनी घरबाट निस्किएका थिए । त्यसपछि उनीहरु सम्पर्कविहीन बनेका थिए ।