नेपालगन्ज १८ चैत : घाँस काट्न जाँदा हराएका किशोरी भारतमा भेटिएका छन् । महोत्तरीबाट सम्पर्कविहीन भएका सात किशोरी भारतमा फेला परेका हुन् । भारतीय प्रहरीले भारतको सीतामढीमा किशोरीहरुलाई भेटिएको आफन्तलाई जानकारी गराएको हो ।
किशोरीहरु कसरी त्यहाँ पुगे भन्ने खुलिसकेको छ । उनीहरुलाई नेपाल त्याउने प्रक्रिया सुरु गरिएको छ । आफन्त र प्रहरी सीतामढीतर्फ जाँदै गरेको बताइएको छ ।
आफन्तले किशोरीहरु हराएको भारतीय प्रहरीलाई समेत जानकारी गराएका थिए । आफन्त रामटहल पासवानले किशोरीको खोजीमा सहयोग गरिदिन भारतीय प्रहरीलाई अनुरोध गरेका थिए ।
बुधबार बिहान भारतीय प्रहरीले किशोरीहरु फेला परेको जानकारी परिवारलाई गराएको आफन्तले जानकारी दिएका छन् ।
मंगलबार दिउँसो महोत्तरीको भंगहा नगरपालिका–८, धरमपुरका १२ वर्षीय सीमा पासवान, १२ वर्षीय रञ्जन पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान घाँस काट्न भनी घरबाट निस्किएका थिए । त्यसपछि उनीहरु सम्पर्कविहीन बनेका थिए ।
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल