भारतबाट भन्सार छल्दै नेपालगन्जमा कोक फेन्टा तस्करी

पेय पदार्थ ल्याउन भन्सारले रोक्यो


भारतबाट भन्सार छल्दै नेपालगन्जमा कोक फेन्टा तस्करी

नेपालगन्ज १९ चैत : भारतीय बजार रुपैडिहाबाट दिनहुँ घरयासी प्रयोजनका लागि भन्दै कोक, फेन्टा, स्प्राईट जस्ता पेय पदार्थ तस्करी हुने गरेकोछ ।

भारतमा उत्पादित यी पेय पदार्थ नेपाली बजारभन्दा सस्तो हुने भएकाले दिनहुँ पैदल, मोटरसाईकल तथा रिक्सामा घरेलु प्रयोजनका लागि भन्दै नेपाल तस्करी हुदै आएको छ ।
भारतबाट भन्सार छलि गरि नेपालगन्जमा भण्डारण गर्ने र महंगोमा बेच्ने हुदाँ नेपालमा उत्पादन हुने कोक, फेन्टा, स्प्राइट जस्ता पेय पदार्थ विक्री वितरणमा समेत भारी गिरावट आएको थियो ।

भन्सार छलि गरि भारतीय बजार रुपैडिहाबाट अबैधरुपमा ल्याइएका पेय पदार्थले नेपाली बजारमा कब्जा जमाइरहँदा यहाँको ब्यापार व्यवसाय धरासय बन्दै गएको गुनासो बढेपछि बजार अनगुमन गरिएको थियो ।

बजार अनुगमन गर्दा भन्सार छलि ल्याइएका कोक, फेन्टा, स्प्राईट जस्ता पेय पदार्थ पाइएपछि यस्तो रहस्य बाहिरिएको हो । भारतीय बजारबाट भन्सार छलि गरि ल्याइएको कोक, फेन्टा, स्प्राईट, डिउ जस्ता पेय पदार्थको एउटै बोतलमा ५०–६० रुपैयाँ नाफा खाने गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

भारतबाट भन्सार छलि ल्याइएका पेय पदार्थमा कडा कदम चाल्दै नेपालगन्ज भन्सार कार्यालयले उक्त सामाग्री ल्याउन रोक समेत लगाएकोछ ।

भारतीय बजारमा सस्तोमा पाइने भएपछि नेपालीहरुले त्यहीबाट पेय पदार्थ ल्याउने गरेका थिए । घरेलु प्रयोजनका लागि भन्दै ल्याइने यस्ता पेय पदार्थ भण्डारण गर्दै महंगोमा बेच्ने गरेको पाइएपछि भन्सार कार्यालयले रोक लगाएको हो ।

भन्सारको निर्देशनपछि जमुनाह प्रहरीले भारतीय बजारबाट पेय पदार्थ लिएर आउनेलाई उतै फिर्ता गराउन थालेकाछन् ।

यसैबीच, बिहीबार नेपालगन्जमा बजार अनुगमन गर्दा भन्सार छली गरि ल्याइएका पेय पदार्थ बरामद गरेकोछ । भारतमा उत्पादित यी पेय पदार्थ नेपालगन्जका विभिन्न पसलहरुबाट बरामद गरिएको हो ।

बजार अनुगमन टोलीले बजार अनुगमनमा भारतबाट भित्रिएका पेय पदार्थ बरामद गरी नष्ट समेत गरेकोछ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले शुक्रबारदेखि जिल्लाका पसलहरुमा अबैध पेय तथा खाद्य पदार्थ भेटिएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने बताएका छन् ।

रुपैडिहा जाने र उताबाट फर्किँदा पेय पदार्थ ल्याउनेहरुलाई फिर्ता समेत पठाउन शुरु गरिएको बताए ।

यसअघि पनि गरिएको बजार अनुगमनका क्रममा नेपालगन्जका विभिन्न पसलबाट बरामद गरिएका पेय पदार्थ नष्ट गरिएको थियो ।