उपमहानगरमा विपद् व्यवस्थापन गर्न आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालनमा


उपमहानगरमा विपद् व्यवस्थापन गर्न आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालनमा

नेपालगन्ज २० चैत : नेपालगन्ज उप–महानगरपालिकाले स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ ।

नगर प्रमुख डाक्टर धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले शुक्रबार एक कार्यक्रमकाबीच उक्त कार्य सञ्चालन केन्द्रको उद्घाटन गरे ।

स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालनमा आएपछि विपद् व्यवस्थापनमा थप सहयोग पुग्ने नगर प्रमुख डाक्टर राणाले बताए ।
केन्द्र सञ्चालनका लागि जिआईजेडले आवश्यक सामग्री सहयोग गरेको छ ।

उपप्रमुख मगरले नेपालगन्ज उप–महानगरपालिकामा आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालन भएपनि विभिन्न खालका विपद्सँग जुध्न सहयोग मिल्ने बताइन् ।

Kids Festival 2022
kanti aarogya hospital

आपतकालिन कार्य सञ्चलान सम्बन्धि शुक्रबार नै नेपालगन्ज उप–महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी लगायतलाई लक्षित गरी अभिमुखिकरण गरिएको छ ।

जिआईजेडका प्राविधिक सल्लाहकार यादव ओझा र कन्सलटेन्ट भुपमणी दाहालले जिल्लास्तरमा रहेको आपतकालिन कार्यसञ्चालन केन्द्रलाई स्थानीय तहको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्रले सहयोग पु¥याउने बताए ।

देशकै सिमित स्थानीय तहमा मात्रै स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा आएको भन्दै उनले नेपालगन्जपछि आसपासका अन्य स्थानीय तहले पनि केन्द्र सञ्चालन गर्ने बिश्वास ब्यक्त गरे ।