सांकेतिक तस्विर
नेपालगन्ज २१ चैत : दाङको घोराही–लमही सडकखण्ड अन्र्तगत मुसोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परि लमही नगरपालिका निवासी २९ वर्षीय अतिराम चौधरी र रुपन्देहीको सैनामैना नगरपालिका निवासी २८ वर्षीय यादव खनालको मृत्यु भएको प्रहरीले जनाएकोछ ।
घोराहीबाट लमहीतर्फ जादै गरेको लु१ख ९८६३ नम्बरको यात्रीवाहक बस शुक्रबार बेलुका ५ बजेतिर घोराही–मसोटको ओरालोमा दुर्घटना भएको थियो । बसले कारलाई ठक्कर दिएर अनियन्त्रित हुँदा दुर्घटनामा परेको हो । दुर्घटनामा २८ यात्री घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।
ओरालोमा बसको ब्रेकफेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । घाईतेमध्ये केहीलाई बुटवल रिफर गरिएको छ । अरुको घोराहीस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान र लमही अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनापछि बसका चालक फरार छन् ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं